आज सरकारको निति तथा कार्यक्रम सार्वजनिक हुँदै

मंगलबार, जेठ १, २०८१
honor mob  winter sales

काठमाडौं । आज सरकारले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। 

Honor x7 pad

आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

संघीय संसद्का सबै सदस्यलाई दिनको पौने बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ। 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथिको छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद गर्ने बताएको छ र गर्दै आएको छ। आज पनि राष्ट्रपतिलाई  निति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने कांग्रेसले जनाइसकेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्