राष्ट्रसंघीय मिसन कार्यालयमा जागिर दिने भन्दै १२४ जनाबाट ४ करोड ठग्ने विनोद पक्राउ

सोमबार, वैशाख ३१, २०८१
Honor 600 pro

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले राष्ट्रसंघम जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

टर्कीस्थित राष्ट्रसंघको मिसन कार्यालयमा जागिर लगाउने प्रलोभन देखाएर अपराध अनुसन्धान कार्यालयले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका विनोदले टर्कीस्थित राष्ट्रसंघको मिसन कार्यालयमा वर्कपर्मिटमा कामदारका लागि १४५० अमेरिकी डलर आकर्षक तलब हुने भन्दै प्रलोभनमा पारेर  १२४ जनाबाट ४ करोड रुपैयाँ लिएर टर्की पठाउन तयार भएका थिए।

विनोदले सुरुमा विदेश जान तयार भएकाहरुसँग ५० हजार रुपैयाँ लिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। त्यसपछि उनले पीडितहरुलाई दिल्ली पुर्याएर प्रतिव्यक्ति ३ लाख रुपैयाँ उठाएर फरार भएका थिए।

उनी सम्पर्कमा नआएपछि पीडितहरुले प्रहरी कार्यालयमा दिएको जाहेरी पश्चात् प्रहरीले थालेको अनुसन्धानमा विनोद पक्राउ परेका हुन् ।

अपराध अनुसन्धान कार्यालय यसअघि नै उनकी श्रीमती र सालोलाई पक्राउ गरेको थियो। उनीहरुको दुबै जेल चलान भइसकेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्