कांग्रेसले गर्यो कोशी प्रदेश सभाको बैठक बहिष्कार

सोमबार, वैशाख ३१, २०८१
Honor 600 pro

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वास मत लिन बोलाइएको प्रदेश सभा बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ।

वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ । 

प्रतिपक्ष दलबाट राप्रपा बैठकमा उपस्थित भए पनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ । 

नेपाली कांग्रेस भने प्रदेश सभा बैठकमा सहभागी छैन । मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दिएकोले त्यसको किनारा नलगाई विश्वासको मत लिन लागेको प्रक्रियामा सहभागी नभएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्