एमाले पनि मधेश सरकारबाट बाहिरियो, मुख्यमन्त्री अब अल्पमतमा

आइतबार, वैशाख ३०, २०८१
Honor 600 pro

जनकपुर। मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका सबै मन्त्रीहरुले मधेश सरकारबाट राजिनामामा दिएका छन् ।

एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिपछि उपेन्द्र यादवका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।

एमालेबाट सरकारमा गएका मन्त्रीहरु सरोज यादव , राजकुमार लेखी, सत्रुधन सिंह , प्रमोद जयसवाल र राज्यमन्त्री केशव राय र शारदा थापाले आज मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् ।

उपेन्द्र यादवबाट अलग भएर अशोक राईले नयाँ दल दर्ता गरेपछि बिग्रीएको माहोलमा नेकपा माओवादी केन्द्रले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिदै आफ्ना मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईलाई सरकारबाट फिर्ता बोलाइसकेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्