नदीमा डुबेर ७ वर्षीय बालक र १३ वर्षीया बालिकाको मृत्यु

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

कैलाली । नुहाउने क्रममा कैलालीमा नदीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। 

Honor x7 pad

आज दिउँसो कैलारी गाउँपालिका-८ स्थित लोहरपुरको तेडी बाँधमा नुहाउने क्रममा ७ वर्षीय बालक अमिल खड्का र १३ वर्षीय बालिका दुर्गा साँउदको मृत्युु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका अमिल र दुर्गाको उद्दार गरेर उदासीपुर स्वास्थ्य केन्द्रमा लगिएकोमा अमिलको उपचारका क्रममा त्यही मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्गालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ।

  

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्