राप्रपाले सभामुखसँग भन्यो- जीबी राई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्छ

आइतबार, वैशाख ३०, २०८१
honor २२ sept

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्न सभामुखलाई आग्रह गरेको छ।

X7D

आज सभामुख देवराज घिमिरेसँग भएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकको छलफलमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति सहि हो भने प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

शाहीले सभामुख घिमिरेलाई भने-"देशको बहालवाला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई भगाउने अघिल्लो सरकार रहेको बताउनुभएको छ। गृहमन्त्रीले भनेको अनुसार यसअघिको सरकारको नेतृत्व बर्तमान प्रधानमन्त्री प्रचण्डले नै गर्नुभएको थियो। जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्ने कुरा सत्य हो भने अघिल्लो सरकारको नेतृत्वकर्ता अहिलेका प्रधानमन्त्री प्रचण्डलाई कारबाही हुजुपर्छ।"

गृहमन्त्रीले दिएको अभिव्यक्ति सहि हो भने सभामुखज्युसँग पनि भनेका छौँ , देशको प्रधानमन्त्री र गृहमन्त्री यही सदनको सदस्य भएको हुँदा सभामुखलाई राप्रपाले माग राखेको छ, अर्बौं रुपैयाँ अपचलन गर्ने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई पनि कारबाही हुनुपर्छ भन्ने हामीले माग राखेको शाहीले भने।

प्रमुख सचेतक शाहीले भने -"अब बस्ने संसदमा जनताको पैसा अपचलन गर्ने जीबी राईलाई गृहमन्त्रीले नै प्रधानमन्त्रीले भगाएका हुन भनिसकेपछि अब  गृहमन्त्री स्वयमले नै गृहमन्त्रीले सदनमा यसको जवाफ दिएर प्रधानमन्त्रीलाई गृहमन्त्रीले पक्राउ पुर्जी जारी गरुँन,' राप्रपाले यसको जवाफ सदनबाट चाहन्छ।"

गृहमन्त्री लामिछानेले शनिबार चितवनमा पत्रकारले जीबी राईलाई किन नसमातेको भन्ने प्रश्नमा जवाफ दिदै भगाइएको मान्छेलाई समात्न त्यति सजिलो नभएको अघिल्लो सरकारले नै राईलाई भगाएको अभिव्यक्ति दिएका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्