बाँकेबाट प्रहरी निरीक्षक निरन्जन घिमिरेको बिदाइ [फोटोफिचर]

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरेको बिदाइ भएको छ। आफ्नो एक वर्षे कार्यकाल सकेर दैलेखको इलाका प्रहरी कार्यालय दुल्लुको प्रमुखमा सरुवा भएका इन्स्पेक्टर घिमिरेको आज जिल्ला प्रहरीमा  आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो।

Honor x7 pad

घिमिरेलाई बिदाइ गर्दै बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले बाँकेमा कार्यरत रहदा गरेको उत्कृष्ट कार्य लगायत दैलेखको आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए। त्यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले पनि आगामी कार्यकालको शुभकामना दिएका थिए।

बाँके प्रहरी प्रमुख कार्कीद्वारा बिदाइ कार्यक्रममा इन्स्पेक्टर घिमिरेलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा इन्स्पेक्टर महेश्वरी बिष्ट,सुजन शाह, सुजन विश्वकर्मा, वरिष्ठ सईहरु मणिराम लामिछाने, सन्तोष बुढाथोकी, श्याम रोका र सई भाष्कर गिरी, बिनोद राठौर लगायत जिल्ला प्रहरी बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुले बिदाइ गरेका हुन् ।

बाँके प्रहरीको मुद्दा  शाखामा इन्चार्ज रहेका स्वच्छ छवि भएका घिमिरेले अब इलाका प्रहरी दुल्लुको कमाण्ड सम्हाले छन् । 

त्यस्तै आजै प्रहरी जवानबाट सहायक हवल्दारबाट बढुवा भएर पदस्थापन भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्