सय रुपैयाँको नोटमा विवादमा तानिएका राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

आइतबार, वैशाख ३०, २०८१
Honor 600 pro

काठमाडौं । सय रुपैयाँको नोटमा विवादमा तानिएपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन।

नेपालले मिडियामा एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने बैशाख २० गतेको मन्त्रिपरिषद्को निर्णय गलत रहेको भन्दै प्रतिक्रिया दिएपछि विवादमा तानिएका थिए। सल्लाहकार नेपालले भारतसँग वार्ता भइरहेका बेलामा यसरी सय रुपैयाँमा नयाँ नक्सा राखिनु गलत भन्दै अभिव्यक्ति दिएपछि नेकपा एमालेको विरोधपछि नेपालले राजीनामा दिएका हुन् ।

आर्थिक सल्लाहकार नेपालले पदबाट दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

सरकारले सय रुपैयाँको नोटमा पुरानो नक्सा हटाएर कालापानी, लिपुलेकको भागलाई समेटेर बनाइएको नक्सा राख्ने निर्णय गरेको थियो।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्