गायक रवि ओड ४ दिनदेखि प्रहरी हिरासतमा, आफैं आत्मसमर्पण गरेका थिए ओडले

आइतबार, वैशाख ३०, २०८१
honor mob  winter sales

सुदूरपश्चिम। नेपाल आइडल सिजन २ का  विजेता रवि ओड ४ दिनदेखि प्रहरीको हिरासतमा छन् । गायक ओडले बिहीबार कन्चनरपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

Honor x7 pad

वैवाहिक बलात्कार मुद्दामा ओड बिहिवार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेको कन्चनपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता ओडलाई जिल्ला अदालत कन्चनपुरले ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।

उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कार मुद्दामा उजुरी दिएपछि त्यसैदिन जिल्ला अदालतले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। ओड देशबाहिर रहेका कारण नेपाल आएलगत्तै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्