काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या

आइतबार, वैशाख ३०, २०८१
Honor 600 pro

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय एक युवकको हत्या भएको छ।

शनिबार राति मोरङ स्थायी ठेगाना भइ बत्तीसपुतलीको कुमारी टोली बस्दै आएका शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले हत्याको अनुसन्धानका लागि  ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीले हत्याको मुख्य कारणबारे केही नखुलेको जनाएपनि आपसी विवाद हुनसक्ने जनाएको छ।

मृतक धिमालको शवलाई केएमसी अस्पताल सिनामंगलमा राखिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्