जीबी राईलाई भगाइएको गृहमन्त्रीको आरोपको जवाफ स्वयम् प्रधानमन्त्रीले दिनुपर्छ: गगन थापा

'अघिल्लो सरकारको नेतृत्व प्रचण्डले नै गर्नुभएको थियो'
शनिबार, वैशाख २९, २०८१
honor mob  winter sales

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर लगाएको आरोपको जवाफ स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

Honor x7 pad

आज बिहान चितवनमा गृहमन्त्री लामिछानेले पत्रकारहरुलाई जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका थिए। महामन्त्री थापाले आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि गृहमन्त्रीले लगाएको आरोपको जवाफ स्वयम् प्रधानमन्त्रीले दिनुपर्ने बताएका हुन् ।

 महामन्त्री थापाले भने-" यसअघिको सरकारको नेतृत्व अहिलेका प्रधानमन्त्री प्रचण्डले नै गर्नुभएको थियो।गृहमन्त्रीले आज जुन आरोप लगाउनु भएको अब त्यो आरोपको जवाफ त्यतिबेलाको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ज्युले न्य दिनुपर्छ।"

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको तथ्य र प्रमाण आफूसँग रहेको भन्दै महामन्त्री थापाले छानबिनमा आफूलाई  गलत साबित गर्न गृहमन्त्रीलाई चुनौती दिएका थिए।

महामन्त्री थापाले सहकारी ठगीको प्रमाण खोज्न अन्त कतै नगएर सरकारी कार्यालयमा गए भेटिने बताएका थिए। यदि कांग्रेस गलत छ भने साबित गरेर देखाउन गृहमन्त्रीलाई थापाले चुनौती दिएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्