तुलसीपुरमा अटो दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु

शनिबार, वैशाख २९, २०८१
Honor 600 pro

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान तुलसीपुर-३ साततले खमारीबाट तुलसीपुर आउँदै गरेको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ५७६९ नम्बरको अटो सडकदेखि करिब ३० मिटर तल खस्दा तुलसीपुर-का २७ वर्षीय जीवन घर्तीको घटनास्थलमै मृत्यु भएको हो।

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्