जीबी राई भाग्दा को थियो सरकारमा खोज्नुस्: गृहमन्त्री 

शनिबार, वैशाख २९, २०८१
Honor 600 pro

चितवन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीका मुख्य नाइके जीबी राईलाई अघिल्लो गठबन्धनको सरकारले भगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आज बिहान चितवनमा पत्रकारहरुसँगको कुराकानीमा  अघिल्लो सरकारले राईलाई भगाएको भन्दै उनलाई खोज्न समय लाग्ने बताएका हुन् ।

लामिछाने भने-" पहिला भगाउदा अनि अहिले किन पक्राउ गर्न नसकेको भन्दै आरोप किन लगाउने ? भागेको मान्छेलाई पक्राउ गर्न समय लाग्छ नि।" उनले थपे-" जीबी राई भाग्दा सरकारमा को थियो?"

जीबी राईलाई किन नसमातेको भन्ने भन्दा किन भगाइएको भन्ने प्रश्न पनि गर्द पत्रकारलाई आग्रह गर्दै गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्दा केही प्रक्रिया रहेको हुँदा ढिला भएको बताए। 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्