नेपाल प्रहरीका एआईजीहरुको सरुवा तथा पदस्थापन, राई प्रशासन विभागमा

शुक्रबार, वैशाख २८, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। त्यस्तै एआईजीमा बढुवा भएका दुई एआईजीको पदस्थापन भएको छ।

Honor x7 pad

मन्त्रिपरिषद् बैठकले मानव श्रोतका प्रहरी टेकप्रसाद राईको प्रशासन विभागमा सरुवा गरेको छ। उनको स्थानमा बढुवा भएका एआईजी भिम ढकालको पदस्थापन गरेको हो।

त्यसैगरी प्रदेश समन्वय विभागका एआईजी सुदीप गिरीको राष्ट्रिय प्रहरी प्रतिष्ठानमा सरुवा भएको छ। बढुवा भएका अर्का एआईजी उमेशराज जोशीको नेपाल प्रहरी प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ। 

एआईजी मिरा चौधरी र सन्दीप भण्डारीको अवकाशपछि ढकाल र जोशी एआईजीमा बढुवा भएका थिए।

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्