रवि लामिछाने बोलेपछि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

शुक्रबार, वैशाख २८, २०८१
honor २२ sept

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई बटमलाइन बनाएकोले पछि नहट्ने जनाएको छ।

X7D

आज दिउँसोदेखि सुरु हुने बजेट अधिवेशनमा कांग्रेसले रवि लामिछानेलाई बोल्न दिएपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको जनाएको छ। 

बजेट अधिवेशनमा सभामुखले दलीय प्रतिनिधित्वको आधारमा बोल्न दिएपछि कांग्रेसको तर्फबाट एक नेताले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्ने कांग्रेसको संसदीय दलको बैठकले निर्णय गरेको हो।

सभामुखले गृहमन्त्री लामिछानेलाई बैठकमा आफ्नो धारणा राख्न दिएपछि उनको धारणालाई असहमति जनाउदै उठेर बोल्ने समय माग गर्नेछन । सभामुखले बोल्न दिएपछि कांग्रेस सांसद एवं महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्दै बैठक अवरुद्ध गर्ने कांग्रेसका नेताले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्