गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

शुक्रबार, वैशाख २८, २०८१
Honor 600 pro

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले संसदमा बोल्न दिने निर्णय गरेको छ। कांग्रेसले आजदेखि सुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभापति लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस सांसद दीपक गिरीले बताए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनलाई संसदमा बोल्नबाट रोकेपनि आजको बैठकले बजेट अधिवेशनको पहिलो पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा लामिछानेलाई बोल्न दिने कांग्रेसले निर्णय गरेको गिरीले बताए।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्