दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित दुई जना पक्राउ

शुक्रबार, वैशाख २८, २०८१
Honor 600 pro

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट श्रोत नखुलेको करिब १ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले हुण्डी कारोबारको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई पुरुषलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार ९८ लाख रुपैयाँसहित पक्राउ पर्ने दुबै जना बुटवलका रहेको बताइएको छ। उपत्यका अपराध अनुसन्धानले आज दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्