बाँकेको पिप्रहवामा प्रहरीले लागूऔषध कारोबारीमाथि चलायो गोली,११४.२६ ग्राम ब्राउन सुगर बरामद

२ कारोबारी पक्राउ
बिहीबार, वैशाख २७, २०८१
honor mob  winter sales

नेपालगन्ज । बाँकेमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको बाँके प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

बाँके प्रहरीका अनुसार ठुलो परिमाणमा लागूऔषध लिएर जाँदै गरेको लागूऔषध कारोबारीलाई रोक्न खोज्दा भागेपछि  लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले जानकी गाउँपालिका-६ स्थित पिप्रहवामा गोली चलाएको हो।

गोप्य सूचना पाएर गएको प्रहरीको टोलीले  नेपालगन्जबाट  भे ६ प ६२०६ र भे ५ प ३१३५ नम्बरको स्कुटरमा कोहलपुरतर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा कोहलपुर-१२ चप्परगौडीका २६ वर्षीय  सुशील परियारको साथबाट ११४ .२६ ग्राम ब्राउन सुगर फेला परेपछि भाग्न खोज्दा प्रहरीले उनको खुट्टामा गोली चलाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले कोहलपुर-१२ चप्परगौडीका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट ११४.२६ ग्राम ब्राउन सुगर  र दुई वटा स्कुटर समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरेको बाँके प्रहरीले जानकारी दिएको छ।  गोली लागेका परियारको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्