नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोमा शिक्षक पक्राउ

बुधबार, वैशाख २६, २०८१
honor mob  winter sales

काठमाडौं । एक नाबालिकाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षकलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेका शिक्षकविरुद्ध साइबर क्राइम मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर डाउनलोड गरेर अश्लिल तस्बिरमा नाबालिकाको फोटो जोडी नक्कली फेसबुक आइडी बनाएको खुलेको थियो। प्रहरीले ती शिक्षकलाई बैशाख २४ गते पक्राउ गरेको हो

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्