टयाक्टर दुर्घटनामा ९ वर्षीय छात्रको मृत्यु, एकै स्कुलका ८ विद्यार्थी घाइते

बुधबार, वैशाख २६, २०८१
Honor 600 pro

ताप्लेजुङ । ताप्लेजुङमा टयाक्टर दुर्घटना हुँदा  एक जना विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी घाइते भएका छन् । 

जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा खहरे हुँदै डुम्रिसेको तालखर्क जाँदै गरेको 

प्रदेश १–०१–००१ त ९०६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा एकै स्कुलका एक विद्यार्थी र ८ विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी   याङ्वरक–४ का स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा  ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्युु भएको हो।

टयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका सबै विद्यार्थीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ भने फरार चालकको खोजीकार्य जारी रहेको जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्