निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं: उपेन्द्र यादव

बुधबार, वैशाख २६, २०८१
honor mob  winter sales

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री  उपेन्द्र यादव निर्वाचन आयोगविरुद्द अदालतको ढोका ढकढक्याउने बताएका छन् । 

Honor x7 pad

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनता समाजवादी पार्टी नेपाल ( जसपा) अध्यक्ष यादवले निर्वाचन आयोगमा राजनीतिक दल दर्तासम्बन्धी कानुन नभएको अवस्थामा रातारात अवैधानिक तरिकाले दल दर्ता हुनु असंवैधानिक भएको भन्दै अदालत जाने बताएका छन्।

अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत गुम्राहमा पारेर अशोक राईले जसपा फुटाउँदै नयाँ दल दर्ता गरेको प्रक्रिया अवैधानिक रहेको बताए। उनले भने-" गैरकानुनी तरिकाले रातारात पार्टी दर्ता गरियो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको गैरकानुनी कार्य भएको छ।" अब आयोगविरुद्द अदालत जाने उनले बताए।

यादवले भने-" कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउने खोजेको हल्ला गलत मात्रै होइन मैले कांग्रेसका नेताहरुसँग एक कप चिया पनि खाएको छैन ।"

हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन कायमै  रहन्छ र अब बाँकि कसरी परिस्थिति विकास हुन्छ भन्नेमा निर्भर हुने बताउँदै आयोगविरुद्ध अदालत जाने अध्यक्ष यादवले बताए।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्