सरकारले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गर्ने निर्णय गरिसकेको छ: गृहमन्त्री

मंगलबार, वैशाख २५, २०८१
honor mob  winter sales

काठमाडौं । सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गर्ने निर्णय भइसकेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले   बताएका छन् ।

Honor x7 pad

आज गृहमन्त्री लामिछानेले पत्रकारहरुले राखेको प्रश्नमा सो कुरा बताएका हुन् । उनले देशमा धेरै बेथिति विसङ्गति रहेको भन्दै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरू मिल्नुपर्ने बताए । उनले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । 

सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषद्को बैठकबाट फास्ट ट्र्याकमा बचतकर्ताहरूको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताहरूको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताए । उनले आगामी संसद्को बैठकमा सो निर्णयलाई प्रस्तावको रूपमा लैजाने तयारी रहेको पनि बताए । उनले सहकारीको रकम हिनामिनामा आफ्नो विरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको बताए । उनले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे ।

लामिछानेले भने -"कहीँ कतै दर्ता समेत नभएको र कसैले उजुरी हाल्नसाथ संसदीय समिति बनाउने र सबैले राजीनामा गर्ने हो भने हामी त सधैँ तयार नै हो । तर त्यसमा पहिला तयार त हुनुपर्छ नि । आधिकारिक रूपमा ममाथि के रहेछ भनेर महान्यायाधिवक्ता कार्यालयमा सोध्दा त्यहाँबाट केही रहेनछ । कतै मुद्दा चलेको, अभियोजन भएको कुरा पाइनँ । समिति बनाउने स्पष्ट आधार त हुनुपर्छ । "

सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताउँदै गृहमन्त्री लामिछानेले  क्याबिनेटबाट फास्ट ट्र्याकमा गएर बचतकर्ताहरूको रकम फिर्ता गराउन जति पनि फरार, दोषी रहेका, सम्पर्कमा नरहेका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताहरूको पैसा फिर्ता दिन फास्ट ट्र्याकमा जाने निर्णय क्याबिनेटमा भइसकेको हुँदा  सदनमा लैजाने तयारीमा रहेको बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्