'संसदीय छानबिन समिति गठन गर्न हाम्रो समर्थन हुदैन': रास्वपा

मंगलबार, वैशाख २५, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसले माग गरेको सहकारी ठगीमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कुरा आबश्यक नभएको बताउँदै छानबिन समिति बनाउने कुरामा समर्थन गर्न नसक्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ।

Honor x7 pad

आज बिहान सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय छानबिन समितिको औचित्य नभएको भन्दै उक्त समिति बनाउन आबश्यक नपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि रास्वपाका एक सांसदले भने- "कसैले उजुरी दिएकै भरमा संसदीय छानबिन समिति किन बनाउने? औचित्य नै नहुँदा समिति किन बनाउनुपर्यो?" 

आज सभामुख देवराज घिमिरेले गरिरहेको शीर्ष नेताहरुसँगको छलफलमा छानबिन समिति बनाउन समर्थन गर्न नसकिने कुरा राख्ने उनले बताए।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्