ललितपुरमा जलेर गम्भीर घाइते भएका दुई बालिकाको मृत्यु

मंगलबार, वैशाख २५, २०८१
Honor 600 pro

ललितपुर । ललितपुरको ग्वार्कोमा रहेको एक टहरामा आगलागी भएर घाइते भएका एकै परिवारका ५ जना मध्ये  दुई बालिकाको मृत्यु भएको छ।

आइतबार बिहान ललितपुर महानगरपालिका-१७ स्थित ग्वार्कोमा एक  टहरामा मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको उपचारका क्रममा किष्ट अस्पतालमा सोमबार साँझ मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

आगलागीबाट जलेर गम्भीर घाइते भएका ३५ वर्षीय सन्जय गिरी र उनकी पत्नी ३२ वर्षीय रुपा गिरीको अवस्था अझै गम्भीर रहेको छ। उनीहरु दुबैलाई  आईसियुमा राखिएको छ। रुपालाई  भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएको छ।

आगलागीबाट घाइते भएका १५ वर्षीय नित गिरीको अवस्था सामान्य रहेको हुँदा जनरल वार्डमा सारिएको अस्पतालले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०५:३२
प्रतिक्रिया दिनुहोस्