अशोक राई नेतृत्वको नयाँ दलले पायो मान्यता, दलको नाम 'जनता समाजवादी पार्टी'

सोमबार, वैशाख २४, २०८१
Honor 600 pro

काठमाडौं । अशोक राईले दर्ता गरेको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवबाट छुट्टीएर राईको नेतृत्वमा दर्ता भएको पार्टीलाई आज आयोगले मान्यता दिएको हो।

नयाँ दललाई दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगले  जनाएको छ। आइतबार अध्यक्ष यादवबाट छुट्टीएर राईसहित ७ सांसदको समर्थनमा राईले आयोगमा निवेदन दिएका थिए।

आयोगका अनुसार राई नेतृत्वको दललाई राजनीतिक दलसम्बन्धि ऐन २०७३, राजनीतिक दलसम्बन्धि नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी नियम तथा प्रावधान पालन गर्ने सर्तमा दर्ता गरिएको हो।

अब जनता समाज पार्टी नेपाल र जनता समाजवादी पार्टी हुने भएका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्