जसपाले भन्यो- नयाँ दल दर्ताका लागि दिएको निवेदन अवैधानिक

सोमबार, वैशाख २४, २०८१
Honor 600 pro

काठमाडौं । अशोक राईले पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि दिएको निवेदन अवैधानिक भएको जनता समाजवादी पार्टी नेपालले जानकारी दिएको छ।

जसपाका प्रवक्ता मनिष कुमार सुमनले  जसपा विभाजन नभएको बताउँदै निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अवैधानिक भएको बताएका छन् । प्रवक्ता मनिषले आज एक विज्ञप्ति जारी गर्दै सो कुराको दाबी गरेका हुन् । 

प्रवक्ता मनिषले दाबी गर्दै भने-" अहिले संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धि अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्द रहेका छन् ।"

यस्तो छ विज्ञप्ति-

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्