मन्त्रीबाट राजीनामा दिएका जसपाका भण्डारीलाल फर्किए मन्त्रालय

सोमबार, वैशाख २४, २०८१
Honor 600 pro

दाङ । मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टी नेपालका लुम्बिनी संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी सरकारको कृषि तथा भूमी व्यवस्था मन्त्रालयमै फर्किएका छन् ।

बैशाख ८ गते मन्त्रीबाट राजीनामा दिएका अहिरले आज पुरानै मन्त्रालय फर्किएका हुन् । गत चैत २२ गतेको सत्ता गठबन्धन दलको सहमति अनुसार जसपाले २ मन्त्रालय पाउने भनिएको थियो। तर, गठबन्धनले एउटा मात्रै मन्त्रालय पाएको जसपाले सरकारलाई दिएको समर्थन यथावत राख्दै अहिरलाई राजीनामा दिन लगाएको थियो।

आइतबार जसपा विभाजन भएपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा आउने गरी अहिर लुम्बिनी सरकारको पुरानै मन्त्रालय सम्हालेका हुन् । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।

हाल लुम्बिनी प्रदेश सभामा जसपाका ३ सांसद छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्