महाराजगन्जको शंख पार्कमा पुरुषको शव भेटियो

सोमबार, वैशाख २४, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको महाराजगन्जमा एक पुरुषको शव फेला परेको छ। आज बिहान महाराजगन्जस्थित शंख पार्कमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगन्जले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेपनि स्थानीयहरुले ती व्यक्तिले कवाडी सामान उठाउने गरेको बताएका छन् । प्रहरीले ती व्यक्तिको हत्या भएको वा अरु केही हो भन्ने बारेमा जाँच पछि पत्ता लाग्ने जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्दै शवको पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज पठाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्