गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

आइतबार, वैशाख २३, २०८१
Honor 600 pro

पोखरा। गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । गण्डकी प्रदेशको आज दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा। बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङ्गे छन् । राप्रपा दुई सांसद छन् ।

यसअघिका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेपछि अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्