इप्रका धनौलीको नवनिर्मित भवनको उद्घाटन

शनिबार, वैशाख २२, २०८१
Honor 600 pro

बाँके । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको नवनिर्मित नयाँ भवनको उद्घाटन भएको छ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्मित भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतले उद्घाटन गरेका हुन् ।

इलाका प्रहरी धनुलीको पुरानो भवन जिर्ण बनेपछि प्रदेश सरकारको सहयोगमा बनेको उक्त भवन सुविधासम्पन्न रुपले बनाइको छ। 

शुक्रबार भएको भवन उद्घाटनमा खजुरा गाउँपालिकाका अध्यक्ष, बाँके प्रहरी प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्