सशस्त्रका असइको हत्या गर्ने सांसद अभिराम शर्मा निलम्बित

शुक्रबार, वैशाख २१, २०८१
Honor 600 pro

जनकपुर। प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी (लोसपा) का सांसद शर्मालाई आज निलम्बन गरिएको हो।

सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका लोसपा मधेश संसदीय दलका नेतासमेत रहेका सांसद शर्मालाई निलम्बन गरिएको मधेश प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

मधेशका सभामुख रामचन्द्र मण्डलले वैशाख १८ गते सांसद शर्मालाई पदबाट निलम्बन गर्ने निर्णय गरेका हुन्।

बाँके घर भएका असइ विकको २०७२ भदौ २५ गते महोत्तरी जाँदै गर्दा हत्या भएको थियो।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्