सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप

शुक्रबार, वैशाख २१, २०८१
Honor 600 pro

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन निर्देशन जारी गरेको छ।

रेशम पक्षका सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले आफ्ना पक्षका सांसदलाई मुख्यमन्त्री  सोडारीले आज लिने विश्वासको मतका लागि मत नदिन ह्विप जारी गरेका छन् ।

अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका सांसदहरु सरकारमा मन्त्रीसमेत सम्हालिसकेका छन् । नाउपामा रेशम पक्षका ५ र रन्जिता पक्षका २ सांसद छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्