सांसद शर्माको टोलीले मुगुमा गर्यो २१ सय बिरामीको नि:शुल्क उपचार

बिहीबार, वैशाख २०, २०८१
Honor 600 pro

मुगु । मुगुको गमगढीमा  नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माको केएमसीको स्वास्थ्य टोलीले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो।८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

छायाँनाथ नगरपालिकाका मेयर विष्णु भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, उपमेयर ऐश्वर मल्ल, केएमसीका महाप्रबन्धक दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्ष ज्ञानबहादुर मल्लले सम्बोधन गरेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्