श्रीमान् भर्याङमा र श्रीमती विस्तारामा मृत भेटिए

बुधबार, वैशाख १९, २०८१
Honor 600 pro

कपिलवस्तु । श्रीमान्-श्रीमती छुट्टाछुट्टै आफ्नै घरमा रहस्यमय तरिकाले मृत फेला परेका छन् ।

कपिलवस्तुको बाणगंगा-८ ढोडेकोलमा आज आफ्नै घरको कोठा बाहिरको भर्याङमा झुन्डिएको अवस्थामा ६१ वर्षीय श्रीमान् टेकलाल भुषाल मृत फेला परेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

 त्यसैगरि टेकलालकी ५५ वर्षीया श्रीमती जुठी भुषाल आफ्नै कोठाको विस्तारामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

 घटना रहस्यमय भएको भन्दै थप अनुसन्धानमा जुटिसकेको कपिलवस्तु प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्