कतारबाट फर्केर सिनामंगलमा बन्धक बनाइएका एक व्यक्तिको उद्दार, दुई जना पक्राउ

मंगलबार, वैशाख १८, २०८१
honor mob  winter sales

काठमाडौं । वैदेशिक रोजगारी सकेर कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

कतारबाट सोमबार काठमाडौं फर्किएका सप्तरीका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाइएको अवस्थाबाट उद्दार गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको जनाएको छ।

अपराध अनुसन्धानको टोलीले सिकेन्द्रलाई बन्धक बनाएर पौने ५ लाख रुपैयाँ फिरौती माग्ने अजिम अली र एमडी सोनीलाई पक्राउ गरेको हो। 

"सिकेन्द्र कतारबाट फर्किने क्रममा उतै कतारमा बस्ने मन्सुर अली नाम गरेको व्यक्तिले २५ ग्राम सुन दिदै आफ्नो भतिजो अजिम अलीलाई दिनु भनेर मोबाइल नम्बर समेत दिएर पठाएको। सिकेन्द्र काठमाडौं अवतरण भएपछि मन्सुर अलीको भतिजो अजिमलाई फोन गर्दै सामान लिन बोलाउदा अर्कै मान्छे आई रिसिभ गरेको" पीडितले भनेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रिसिभ गर्न आउने मान्छेले सिकेन्द्रलाई कब्जामा लिएर सिनामंगल पुर्याएपछि सोमबार साँझ पीडितले आफ्नी पत्नीलाई आफू अपहरणमा परेको र ४ लाख ८० हजार रुपैयाँ अपहरणकारीले मागेको बताएका थिए।

उनकी पत्नीले प्रहरीलाई खबर गरेपछि उपत्यका अपराध अनुसन्धानको टोलीले सिनामंगलस्थित अजिम अलीको डेराबाट आज  सिकेन्द्रलाई उद्दार गरेको हो। अपहरणकारी अजिमले उक्त सुन आफुले नपाएको र दिएपछि मात्रै छोडने भन्दै अपहरण गरेर कोठामा लिएर कुटपिट गर्दै पासपोर्ट पनि लिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका दुई जनालाई हिरासतमा लिएर थप अनुसन्धान गरुरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्