विप्लव नेतृत्वको नेकपा पनि संसदीय प्रणालीमा, ०८४ को चुनावमा होमिने

मंगलबार, वैशाख १८, २०८१
Honor 600 pro

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्टको पार्टीले आगामी २०८४ को निर्वाचनमा सहभागिता जनाउने भएको छ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्णय सुनाउँदै  आगामी २०८४ को आम निर्वाचनमा पार्टीले भाग लिने भएको बताए।

बैठकको निर्णय सुनाउदै उनले भने, ‘चुनावलाई २०औँ शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औँ शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’ 

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्