रहेनन् 'माइरीघर' फिल्मका अभिनेता सीपी लोहनी

सोमबार, वैशाख १७, २०८१
honor २२ sept

काठमाडौं । नेपालमा निजी क्षेत्रले निर्माण गरेको पहिलो चलचित्र 'माइतीचर' का अभिनेता सीपी लोहनीको निधन भएको छ।

X7D

उनको  ८६ वर्षको उमेरमा आज दिउँसो साढे १ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघले जानकारी दिएको छ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको उनका भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए । 

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमासमेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए ।   

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सीपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उनी परिचित थियो ।

माइतीघर चलचित्रकी अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीकी एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेको पत्रकार लोहनीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्