बझाङको प्रदेश सभा १ मा नेकपा एसका उम्मेदवारसहित ८ जनाको जमानत जफत

सोमबार, वैशाख १७, २०८१
honor mob  winter sales

बझाङ । बझाङ प्रदेश सभा १-(१) को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीसहित ८ जना उम्मेदवारहरुको जमानत जफत भएको छ।

Honor x7 pad

सम्पन्न उपनिर्वाचनको मत परिणाम अनुसार सदर कुल मत २९ हजार ५९४  मा जमानत जोगाउन २ हजार ९७१ मत ल्याउनु पर्नेमा ८ उम्मेदवारले उक्त मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत्र ल्याउदा कुल मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको हो। 

निर्वाचन आयोगका अनुसार कुनै निर्वाचन मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत नकटाउने उम्मेदवारको धरौटी रकम जफत हुन्छ।

बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी प्रदेश सभा १ (१) मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा  विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । 

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । 

साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ९ सय ६७ र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ उम्मेदवार थिए ।

यसअघि बझाङ १(१)मा कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। उनको निधन पछि उपनिर्वाचन भएको हो।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्