निगुरो टिप्न जंगल गएका अधिकारीको जनावरको आक्रमणबाट मृत्यु

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

चितवन । निगुरो टिप्न जंगल गएका एक पुरुष मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेका छन् ।

Honor x7 pad

पूर्वी चितवनमा निगुरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई जनावरले आक्रमण गरेको हो । 

साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्