इलाम-२ मा रास्वपाका उम्मेदवारले आफ्नै वडामा पाएनन् सय मत

सोमबार, वैशाख १७, २०८१
Honor 600 pro

इलाम । प्रतिनिधि सभा क्षेत्र इलाम-२ को मतगणना जारी छ। हालसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन् ।

इलाम-२ को माङ्सेबुङ गाउँपालिका-२ को मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले आफ्नै वडामा सबैभन्दा कम मत पाएका छन।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले उनकै वडामा ९६ मत मात्र ल्याएका छन। उक्त वडामा एमालेका नेम्वाङले ५८६ मत प्राप्त गर्दा ३५१ र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंहले ३५१ मत प्राप्त गरेका छन् ।

मिलन लिम्बूकै आफ्नै वडाका मतदाताले विश्वास नै गरेनन। अरुले धेरै मत प्राप्त गर्दा उनले ९६ मात्रै पाएका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्