जुनसुकै पालिकाका गरिव र अशक्तको निशुल्क उपचार गर्ने काठमाडौंका मेयरको घोषणा

आइतबार, वैशाख १६, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह( बालेन) ले देशभरका जुनसुकै स्थानीय तहका अशक्त तथा गरिब नागरिकले काठमाडौंमा निशुल्क उपचार पाउने बताएका छन् ।

सामाजिक सन्जालमा मेयर बालेनले ल!खेका छन् -" नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न , असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला। हामीसँग ४३ अस्पतालका ३२३ आवद्द छन् । त्यहाँ बिरामीको आबश्यकता अनुसार निशुल्क उपचार हुनेछ।"

मेयर बालेन सिफारिस लिएर आउन अनुरोध गर्दै तपाईंको टोल, छिमेक वा आफन्तहरु यो वर्गमा पर्ने भए खबर गरिदिन समेत आग्रह गरेका छन् 

बालेनले त्यस्ता बिरामीहरुले टोलीफ्री ११८० वा सिधै काठमाडौं महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्