इलाम - २ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

आइतबार, वैशाख १६, २०८१
Honor 600 pro

इलाम ।  प्रतिनिधि सभातर्फको इलाम - २ को  उपनिर्वाचनको मतगणना आज बिहानबाट ११ बजेदेखि सुरु हुँदैछ । यसअघि गएराति १० बजे बैठक बसेर मतगणना थाल्ने जनाइएको भए पनि मतपेटिका आइपुग्न ढिलाइ भएका कारणले आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ। 

मतगणना इलाम-२ स्थित गौतम बुद्द सम्मेलन केन्द्र गरिन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

इलाम-२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र!नेम्वाङको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्