उपनिर्वाचन: मतदान सकियो, आजै मतगणना हुने

शनिबार, वैशाख १५, २०८१
Honor 600 pro

काठमाडौं । उपनिर्वाचन अन्तर्गत  इलाम-२ र बझाङ-१(१) मा आज बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको छ।

इलाम र बझाङको उप निर्वाचनमा सोचे अनुरुप कमै मात्र मतदान भएको छ। इलाम-२ मा ५७ प्रतिशत र बझाङ -१(१) मा ५१ प्रतिशत मत खसेको अनुमान गरिएको छ।

आज बिहान ७ बजेदेखि ५ बजेसम्म गरिएको मतदानमा इलाममा केही बढी मत खस्ने अनुमान गरिए पनि ५७ प्रतिशत जति मत खसेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै बझाङको मतदानमा पनि कमै मत खस्न पुगेको छ। त्यहा ५१ प्रतिशत मात्र मत खसेको आयोगले जनाएको छ।

आयोगका अनुसार इलाममा सामान्य एउटा विवाद बाहेक बझाङमा सौहार्दपूर्ण रुपले मतदान सम्पन्न भएको हो। इलाममा आज रातिदेखि नै मतगणना हुने र बझाङमा भोलि मात्रै मतगणना हुने आयोगले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्