नवनियुक्त अध्यक्ष शाहलाई जडिवुटी व्यवसायी संघ नेपालगन्जको स्वागत

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

रबिन्द्र घिमिरे/नेपालगन्ज।  बाँकेस्थित भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्जले  स्वागत गरेको छ । 

Honor x7 pad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई गत असार २४ गते अध्यक्षमा मनोनित गरेको थियो ।  नेपाल जडिवुटी व्यवसायी सँघ नेपालगन्जले आयोजित एक समारोहका बीच बिहीवार  अध्यक्ष शाहलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहले भेरी अस्पताल पहिलाको भन्दा अहिले केही सुधारहरु भएको देखिएता पनि अझैपनि धेरै सुधारहरु गर्नुपर्ने अवस्था रहेको आफनो धारणा व्यक्त गरे । अस्पताल सुधारका  आफनो एक्लो प्रयासले मात्र अपेक्षा गरेअनुशारका कार्यहरु गर्न नसकिने हुँदा बाँकेवासी सम्पुर्ण स्थानियहरुको सहयोग चाहिने समेत उनले बताए। 

साथै अध्यक्ष शाहले एमआरआई पनि एक-दुई महिना भित्रमै सन्चालनमा ल्याईने तयारी गरिरहेको समेत बताए । उनले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफुले काम गर्ने आफनो धारण राखे। 

अस्पताल भन्ने वित्तिकै स्वास्थ्सँग प्रत्यक्ष सम्वन्ध गाँसेको सँस्था भएको नाताले पनि नेपाल जडिवुटी व्यवसायी संघले भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई स्वागत गरेको नेपाल जडिवुटी व्यवसायी सँघ नेपालगन्ज बाँकेका अध्यक्ष टँक प्रसाद शर्माले आफनो धारणा व्यक्त गरे ।

नेपाल जडिवुटी व्यवसायी सँघ नेपालगन्ज बाँकेका अध्यक्ष टँक प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य मिना सिद्धिकी , लुम्विनी प्रदेशका पुर्व सदस्य याकुव अन्सारी , नेपाल जडिवुटी व्यवसायी सँघ नेपालगन्ज बाँकेका सल्लाहकार तथा उध्योगपती सन्जय कुमार जैन लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्