तुलसीपुरमा ७३ वर्षीय महिलालाई बलात्कार गरिरहेकै अवस्थामा २ युवक पक्राउ

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

दाङ । दाङको तुलसीपुरमा ७३ बर्षीया महिलालाई सामुहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  

Honor x7 pad

अबेर राति तुलसीपुर बसपार्क आइपुगेकी प्यूठानस्थित स्वर्गद्धारीकी  ती ७३ बर्षीया महिलालाई ती दुई जनाले  सहयोगको वाहानामा फकाएर बसपार्क भित्र पार्किङमा राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र लगेर सामुहिक बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार  बलात्कारको शिकारमा परेकी ती महिलाको चीत्कार स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरिएको थियो। एक सेकेन्ड ढिला नगरेको प्रहरीले घटनास्थलबाटै बलात्कार गरिरहेकै अवस्थामा  तुलसीपुर -१५ का ३० बर्षीय पुष्कर रोका र सल्यान कुमाख – ७ का २० बर्षीय रेशम बिकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महिलामाथि बलात्कार गरिरहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट गए राति १२ बजेतिर नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्