देउवाले पूर्वकर्मचारीलाई भने- आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुहोला

शुक्रबार, वैशाख १४, २०८१
Honor 600 pro

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने गरि काम गर्न पूर्व कर्मचारीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

सभापति देउवाले आज काठमाडौंमा आयोजित पूर्व कर्मचारी समाज नेपालको छैठौं साधारण सभालाई सम्बोधन गदै आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरि आजैदेखि काम थाल्न भनेका हुन् ।

देशमा लोकतन्त्र प्राप्तिका साथै हरेक आन्दोलनमा कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सभापति देउवाले जुनसुकै राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरुकै ठुलो भूमिका रहेको हुँदा आजैदेखि कांग्रेसले बहुमत ल्याउने गरि काम गर्न भने।

देशमा सरकार जसको आएपनि अथवा सरकार परिवर्तन भएपनि कर्मचारी स्थायी रहने हुँदा जनतासँग सिधै सम्पर्कमा जोडिएको कुरा उल्लेख गदै बहुमत ल्याउने तपाईंहरुको ठुलो महत्त्व रहन बताउँदै पार्टीको काममा लाग्न निर्देशन दिएका हुन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्