उपनिर्वाचनका दिन सार्वजनिक यातायात चल्ने

शुक्रबार, वैशाख १४, २०८१
Honor 600 pro

काठमाडौं । उपनिर्वाचनका दिन निर्वाचन क्षेत्रमा सार्वजनिक सवारीसाधन (यातायात ) चल्न दिने निर्णय भएको छ।

निर्वाचन आयोगले बैशाख १५ गते  इलाम-२ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चल्न दिने निर्वाचन आयोगले जनाएको छ।

आयोगको आजको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुलाई सहजरूपमा मतदानस्थल पुग्नका लागि सवारीसाधन चल्न दिने निर्णय गरेको हो।

आयोगले सो निर्णय गर्दै गृह मन्त्रालयमार्फ्त  इलाम  र बझाङका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्