६ जना एसएसपीको सरुवा, काठमाडौंमा बसन्त रजौरे

शुक्रबार, वैशाख १४, २०८१
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले ६ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको (एसएसपी) सरुवा गरेको छ।

मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा बसन्त रजौरेको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपीलाई अपराध अनुसन्धान विभागमा पठाएको छ। रजौरे यसअघि अपराध अनुसन्धान विभागमाअ थिए।

यसैगरी उपत्यका अपराध अनुसन्धान विभागका एसएसपी सोमेन्द्र सिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्ममा सरुवा भएको छ। एसएसपी सानुराम भट्टराईलाई अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ।

तालिम निर्देशनालयमा रहेका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्र निर्देशनालयमा पठाइएको छ। कोशी तालिम केन्द्रमा रहेका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्