उपनिर्वाचनमा २ हजार बढी प्रहरी परिचालन

बिहीबार, वैशाख १३, २०८१
Honor 600 pro

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि २ हजार ३ सय बढी प्रहरी परिचालन हुने भएका छन् ।  इलाम र बझाङमा हुने उपनिर्वाचन अन्तर्गत संघीय र प्रदेश सभातर्फको चुनावमा नेपाल प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ। 

प्रहरीले चुनाव अघि, चुनाव अवधि र चुनाव पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरेको प्रहरी प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

प्रहरीले इलाम-२ र बझाङ-१(१) को चुनावमा १२ वटा सम्भावित खतरा पहिचान गरेको उनले बताए।

उपनिर्वाचन अन्तर्गत बझाङमा १ हजार २४ जना र इलाममा १ हजार ३६३ जना प्रहरी परिचालन गर्ने गरि सुरक्षा योजना तयार गरिएको प्रवक्ता ढकालले बताए।

इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील मान्दै त्यस मतदानस्थलमा त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिने र ६९ मतदान केन्द्र अति संवेदनशील सूचीमा हुँदा त्यहा विशेष किसिमले सुरक्षाकर्मी खटाइने डीआईजी ढकालले जानकारी दिए।

मतदानस्थलमा हिंसात्मक गतिविधि भएमा,मतपेटीका तहसनहस हुने भएमा,मतदान केन्द्रमा आक्रमण हुन सक्ने स्थिति भएमा प्रहरीले बल प्रयोग गर्न सक्ने प्रवक्ता ढकालले बताए।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्