१ क्विन्टल सुन प्रकरणका दोषी छिट्टै कानुनको कठघेरामा हुन्छन् :गृहमन्त्री

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  बताएका छन् ।

Honor x7 pad

सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउने बताएका हुन्। 

अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ। प्रधानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसुन्,’ उनले भने।

यस्तै उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको बताए।  सुन प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्